२०८१ माघ ४ गते , शुक्रबार

परोपकार गोल्डकपको उपाधि ज्योती स्पोर्टिङलाई

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २० गते , मंगलबार
परोपकार गोल्डकपको उपाधि ज्योती स्पोर्टिङलाई

इलाम । इलामको माईजोगमाई-५ सिरिसे माविको खेल मैदानमा गत कार्तिक ९ गतेबाट जारी दोस्रो सामुदायिक परोपकार गोल्डकपको उपाधि ज्योती स्पोर्टिङ क्लबले जितेको छ । आज भएको फाइनलमा सुनौलो फुटबल क्लब माईजोगमाई ४ लाई ६-२ गोल अन्तरले पराजित गर्दै ज्योती स्पोर्टिङ क्लबले उपाधि उचालेको हो ।
पहिलो हाफमा ३ गोल गरेको ज्योतिले दोस्रो हाफमा थप ३ गोल गर्यो भने सुनौलो फुटबल क्लबले पहिलो हाफमा १ गोल गर्यो भने दोस्रो हाफमा थप १ गोल गर्यो । ज्योतिको तर्फबाट टिम कप्तान जुयल राईले २, सचिन राईले १ र लभकुश राईले ह्याट्रीक गरे । 
उपाधी जितेसँगै ज्योती स्पोर्टिङ क्लबले नगफ एकसट्ठी हजार एक सय एकसट्ठी रुपैयाँ, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको सुनौलो फुटबल क्लबले नगद एकचालीस हजार एक सय एकचालीस रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । उदीयमान खेलाडी सुनौलो फुटबलका बेनुप देवान, उत्कृष्ट डिफेन्स ज्योतिका सागर न्यौपाने, उत्कृष्ट गोल रक्षक ज्योतिका रोजन राई, म्यान अफ द म्याच ज्योतिका लबकुश राई र सर्वाधिक गोलकर्ता ज्योतिका जुयल राई घोषित भए ।

सम्बन्धित समाचार