२०८१ माघ २९ गते , मंगलबार

रेफ्रीको विवादित निर्णयका बाबजुद नेपाल फाइनल प्रवेश

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक १२ गते , सोमबार
रेफ्रीको विवादित निर्णयका बाबजुद नेपाल फाइनल प्रवेश

बिर्तामोड काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसीप २०२४ मा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको आइतबार राति भएको खेलमा ट्राइबेकरमा भारतलाई गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो यो जितसँगै नेपाल छैटौँ पटक फाइनल प्रवेश गरेको भने भारतलाई दुई पटक सेमिफाइनलमा रोकेको

पहिलो हाफ बराबरी भएको खेलमा दोस्रो हाफ शुरु भएपछि भने केहि तनाव केहि रोमाञ्चक रह्यो नेपालकी फरवार्ड रेखा पौडेलले पहिलो हाफमा पहेँलो कार्ड पाएकी थिइन् खेलको ५०औं मिनेटमा भुटानकी रेफ्री ओम चोकीले रेखालाई दोस्रो पहेँलो कार्ड देखाइन्। यसले नेपाल ४० मिनेटको खेल बाँकी रहँदै १० खेलाडीमा सीमित भएको थियो

सहायक रेफ्री छोडेन छिरिङले रेखाले भारतकी चोन्कीलाई फल गरेको भन्दै झन्डा उठाएकी थिइन्। जबकि, रेखाले चोन्कीसँग बल खोस्न जुझेकी थिइन्। भिडिओ रिप्लेमा रेखाले भारतीय खेलाडीलाई छोएको देखिँदैन। उनी बल प्रहार गर्ने क्रममा लडेको देखिन्छ। तैपनि सहायक रेफ्रीले फलको इसारा गरेपछि उनले रातो कार्ड पाइन्

रेखाले रातो कार्ड पाएसँगै नेपाली खेलाडी दर्शक आक्रोशित भएका थिए नेपाली दर्शकले मैदानमा पानीका बोतल प्रहार गरे यसले १० मिनेट खेल रोकियो

रेखाले रातो कार्ड पाएको १० मिनेटपछि नै भारतले पहिलो गोल गर्दै अग्रता लियो। भारतका लागि सब्स्टिच्युट खेलाडी संगीता बासफोरेले गोल गरेकी थिइन्

७१औं मिनेटमा संगिता बासफोरेले गोल गर्दै भारतलाई अग्रता दिलाइन् त्यसमा भारतले ठूलै खुशीयाली मनाएको थियो मैदानका खेलाडी बेन्चका खेलाडी कोचिङ स्टाफहरु सबैले मैदानको साइडमा खुशी मनाइरहेका थिए

त्यसैबेला नेपालले सेन्टरबाट बल चलायो सावित्रा भण्डारीले चलाउँदै दिउको पासमा प्रीति राईले ७२औं मिनेटमानेपालका लागि बराबरी गोल फर्काइन् यतिबेलासम्म रेफ्रीले बल चलाउन दिइसकेको थियो नेपालको गोलको मान्यता पनि दिएको थियो भारतका केही खेलाडी बल बचाउन गर्न पनि गएका थिए तर धेरै जसो भने खुशीमै रमाइरहेका थिए

नेपाली खेलाडी बेन्च भने गोलको खुशी मनाउन थालिसकेका थिए तर स्कोर बोर्डमा नेपालको गोल देखाइएन नेपालले गरेको गोलले मान्यता नपाएपछि नेपाली खेलाडी कोचिङ स्टाफ सबै जना त्यसको प्रतिवादम उत्रन थाले

नेपालको गोलले मान्यता नपाएपछि नेपाली खेलाडीले फेरि सेन्टरबाट बल चलाए ७३ मिनेट केही सेकेण्डको खेल चलिरहेको बेला दर्शकले बोतल हान्न थाले

रेफ्री आफैँले सुरुमा गोल मान्यता दिएर पछि मान्यता नदिएपछि खेल तनावग्रस्त बन्यो घण्टा भन्दा बढी समय सम्म खेल रोकियो यस बीचमा नेपाली खेलाडी, कोचिङ स्टाफ, व्यवस्थापक, म्याच कमिसनर, रेफ्री एसेसर, रेफ्री, असिस्ट्यान्ट रेफ्रीहरुबीच लामो छलफल भइरहेको थियो

अन्ततः विवाद समाधान भयो खेल शुरु भयो १० जना खेलाडीमा सिमित भएको नेपाली टोलीले दबाबका बिच खेलिहेको थियो प्रिती राईको पासमा साबित्रा भण्डारी (साम्बा)ले गोल गर्दै खेललाई बराबरीमा पुर्याइन् उनले जर्सी खोलेर सानदार सेलिब्रेसन गरिन् बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटमा नेपालकी गोलकिपर अञ्जना राना मगरले दुई वटा बल बचाइन् गोल अन्तरले नेपाल फाइनल प्रवेश गर्यो

नेपाल फाइनल खेल यसअघिको साबिक विजेता बंगलादेशसँग खेल्नेछ यसअघिको खेलमा पनि नेपाल उपविजेता बनेको थियो  

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार