२०८१ आश्विन २४ गते , विहीबार

पाँचथर बम विस्फोटका घाइतेको उपचार सरकारले गर्ने

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २३ गते , आईतबार
पाँचथर बम विस्फोटका घाइतेको उपचार सरकारले गर्ने

झापा । पाँचथरको  फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएकाचारको जिम्मा नेपाल सरकारले लिने भएको छ  ।
घाइतेको उपचारमा सरकारले बेवास्ता गरेपछि नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङबो (मौसम)ले प्रदेश सरकारसमक्ष लिखित रुपमा मृतकको परिवारलाई राहत र घाइतेको निःशुल्क उपचारको माग गरेका थिए। 
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनपुगेका थिए । उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन्  ।
घटनामा  घाइते भएका चार जना बालबालिकामध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीय प्रिन्सा साँवाको मृत्यु भइसकेको छ ।  उनीहरू दाजु बहिनी हुन् । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
फालेलुङ गाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विस्फोटक पदार्थ विस्फोट हुँदा उक्त घटना भएको हो । पाँचथरमा यसअघि पनि पटक पटक बम विस्फोट हुँदा यस्ता खाले घटना भएका छन् ।

सम्बन्धित समाचार