२०८१ आश्विन २४ गते , विहीबार

नेपालमा टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ६ गते , विहीबार
नेपालमा टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

बिर्तामोड सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको आज (बिहीबार) साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको सूचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको

मन्त्रिपरिषद्को बैठक साँझ बजे बस्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव तयार पार्न निर्देशन दिएको सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजान लागिएको मन्त्री गुरुङ निकट स्रोतको भनाइ

आजको मन्त्रिपरिषद् बैठकमा टिकटकको प्रतिबन्ध हटाउने गरी प्रस्ताव जाँदैछ, सम्भवतः आजैबाट फुकुवा होला, मन्त्रालय स्रोतको भनाइ

यसअघि टिकटकले सञ्चार मन्त्रालयलाई प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको  सरकारले सामाजिक सद्भाव वातावरणमा खलल र्पुयाउन भूमिका खेलेको भन्दै गत वर्ष २७ कात्तिकको मन्त्रिपरिषदमा निर्णय गरेर टिकटकमाथि प्रतिबन्धको घोषणा गरेको थियो

सम्बन्धित समाचार