२०८३ बैशाख १७ गते , विहीबार

श्रीमानद्वारा श्रीमतीको हत्या, बुवाले छप्काए छोरालाई

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ४ गते , मंगलबार
श्रीमानद्वारा श्रीमतीको हत्या, बुवाले छप्काए छोरालाई

बिर्तामोड । मङ्गलबार झापामा आफन्तद्वारा दुई जनामाथि हतियार प्रहार भएको छ। शिवसताक्षीमा श्रीमानले श्रीमतीलाई प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ भने मेचीनगरमा बुवाले छोरालाई प्रहार गर्दा घाइते भएका छन् ।
अन्दाजी ६:३५ बजेको समयमा जिल्ला झापा शिवसताक्षी-८ शिवालय टोल बस्ने बर्ष अन्दाजी ४७ को ओमप्रकाश अधिकारीले घरयासी बिवाद हुँदा अन्दाजी ३० की श्रीमती रन्जना गौतम अधिकारीलाई खुकुरीले घाँटिमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खुकुरी प्रहार गर्ने  ओम प्रकाश अधिकारीलाई धारिलो हतियार सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
यता मेची नगरमा बुवाले छोरालाई धारिलो हतियार प्रहार गरी घाईते बनाएका छन् ।
प्रहरीका अनुसार मङ्गलबार बेलुका ७:१० बजे मेचीनगर नगरपालिका ३ दोकानडाँडा बस्ने ५७ वर्षीय पुण्य प्रसाद दाहालले आफ्नै छोरा ३० वर्षीय डिल्लीराम दाहाल दाउ प्रहार गरी घाइते बनाएका छन् । खाना खाने विषयलाई  लिएर बिवाद हुदा बुवा पुण्यप्रसादले टाउकोको पछाडि दाउ प्रहार गर्दा डिल्लीराम घाइते भएको प्रहरीले जनाएको छ । डिल्लीरामको स्थानिय मेडिकल दोकानडाँडामा सामान्य अवस्थामा  उपचार भईरहेको र धारिलो हतियार सहित पुण्यप्रसादलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार