२०८२ जेष्ठ १२ गते , आईतबार

मानवहित संरक्षण मञ्चले दौड प्रतियोगिता आयोजना गर्दै

sajilo news
परिवेश मिडिया
२०८१ असार १७ गते , सोमबार
मानवहित संरक्षण मञ्चले दौड प्रतियोगिता आयोजना गर्दै

बिर्तामोड झापाको दमकमा खुल्ला पुरुष तथा महिला दौड प्रतियोगिता आयोजना हुने भएको मानवहित संरक्षणमञ्च नेपालको आयोजनामा असार २१ गते प्रतियोगिता हुन लागेको हो

स्वास्थ्य, भातृत्व पर्यटन प्रबर्द्धनका लागि खेलकुद भन्ने मुल नारालाई आत्मसाथ गर्दै दौड प्रतियोगिता आयोजना लागिएको प्रतियोगिता संयोजक समुन्द्रा लामाले जानकारी दिइन् प्रतियोगितालाई खुल्ला स्थानीय गरी दुई किसिमबाट आयोजना गर्न लागिएको उनले बताइन्

खुल्ला दौडका लागि १० स्थानीय दौडका लागि किलोमिटरको दुरी तय गरिएको आयोजकले जनाएको खुल्ला दौडका लागि विदेशीले समेत भाग लिन सक्ने तर स्थानीय दौडका लागि कमल दमकको स्थानीय तथा विद्यार्थीका लागि सो क्षेत्रको विद्यालयमा अध्ययन गरेको हुनुपर्ने इभेन्ट डाइरेक्टर लोकप्रसाद ओलीले जानकारी दिए

खुल्ला प्रतियोगिताको छैठौँ स्थानसम्मका विजेताले क्रमशः ५०,२५,१५,, हजार नगद पुरस्कार प्राप्त गर्ने संयोजक लामाले जानकारी दिइन् लामाका अनुसार स्थानीय दौडका विजेताले प्रथमदेखि पाचौँसम्म क्रमशः १५,१०,, हजार नगद पुरस्कार प्राप्त गर्नेछन्

असार २१ गते विहान बजे विहान दमकको भाटभटेनीबाट शुरु भएर आदिवासी रंगशालामा कार्यक्रम समापन हुने आयोजकले जनाएको

मञ्चले अखिल नेपाल खेलकुद महासंघसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

सम्बन्धित समाचार