२०८० जेष्ठ १६ गते , मंगलबार
मावि तह अध्यापन अनुमति पत्रको आवेदन खुला

बिर्तामोड । माध्यामिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरेको हो ।
आयोगले एक सूचना प्रकाशन गरि आवेदन खुला भएको जनाएको छ ।
योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।
अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।
थप जानकारी आयोगको वेबसाइट www.tsc.gov.np बाट लिन सकिनेछ ।