२०८० जेष्ठ १६ गते , मंगलबार

कुमार न्यौपानेले ल्याए ‘मेरी स्वास्नी पोइला गई’ (भिडियो)

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २० गते , बुधबार
कुमार न्यौपानेले ल्याए ‘मेरी स्वास्नी पोइला गई’ (भिडियो)

बिर्तामोड । चर्चित लोकपप गायक तथा कलाकार कुमार न्यौपानेले मेरी स्वास्नी पोइला गईगीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्
उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीत टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । यो गीत स्पोटिफाई, युट्युब म्युजिक र एप्पल म्युजिकमा पनि उपलब्ध छ

न्यौपाने गायकसँगै विज्ञापन निर्माता, भ्वाइस ओभर आर्टिस्ट र म्युजिक भिडिओ निर्देशक पनि हुन् । उनी नेपाल बैंक, ग्लोबल आइएमई बैंक, जीवन विकास समाज जस्ता कम्पनीका रेडियो र अडियो जिंगलहरूमा आफ्नो बोल्ड आवाजका लागि परिचित छन् मेरी स्वास्नी पोइला गईभिडियो गीतमा कुमार आफैंसँगै चर्चित पहलवान अस्मिता जुरेली, भगवती खड्का (युनिका), अमितजंग कार्की, कुसाङ रुम्बालगायतका कलाकार छन् गीतकार दीपक पौडेलले लेखेको गीतमा कुमार न्यौपानेको संगीत र बाबुल गिरीको एरेन्ज छ

न्यौपानेको गृह जिल्ला दोलखाको खरिढुङ्गास्थित सुन्दर स्थानमा छायांकन गरिएको गीत रमाइलो र मनोरञ्जनात्मक छ। सुँगुरले भिडियोमा थप रमाइलो थपेको छ कुमार न्यौपानेका यसअघिका ढाका टोपी मैलो’, ‘जुलुसहङ्कङ बजारमाजस्ता गीत नेपाली दर्शकमाझ अझै लोकप्रिय छन् । आफ्नो पछिल्लो रिलिज संग, उहाँले एक पटक फेरि आफ्नो बहुमुखी प्रतिभा र रचनात्मकता प्रमाणित गरेको छ।
'मेरी स्वास्नी पोइल गई' हास्य र मनोरञ्जनको अनुपम मिश्रणको साथ सुन्न लायकको गीत हो

https://www.youtube.com/watch?v=MQXk7Dbf2xs

सम्बन्धित समाचार