२०७९ मंसीर २३ गते , शुक्रबार

चिसो बढेसँगै दमले सताउन सक्छ, यसरी अपनाउनुहोस सावधानी

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ३ गते , शनिबार
चिसो बढेसँगै दमले सताउन सक्छ, यसरी अपनाउनुहोस सावधानी

लगातार तीन महिनाभन्दा बढी खोकी लागिरहेको भनेक्रोनिक ब्रोन्काइटिसहुन सक्ने चिकित्सकहरू बताउँछन् त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसारक्रोनिक ब्रोन्काइटिसबढ्यो भने श्वासप्रश्वासमा बाधा हुन्छ, जसलाई  ‘सीओपिडीभनिन्छ

सीओपीडी दीर्घकालीन रोग पनि हुन्छ सीओपीडी रोकथाम उपचार गर्न सकिने दीर्घकालीन फोक्सोको रोग हो यो रोग विश्वभर हुने मृत्युको कारणमध्ये तेस्रोमा पर्छ यस रोगका कारण सन् २०१९ मा मात्रै ३२ लाख ३० हजार जनाको मृत्यु भएको थियो सीओपीडीका कारण ७० वर्ष मुनिका मानिसहरूमा हुने मृत्युको झण्डै ९० प्रतिशत निम्न मध्यम आय भएका देशहरुमा हुने गरेको

सीओपीडी हुनुको प्रमुख कारणहरूमा धूम्रपान, घरभित्र हुने धुलो, धुवाँ नै हो यस्तै, विभिन्न उद्योग व्यवसायबाट उत्सर्जन भएका रसायन तथा हानिकारक कण मिश्रित हावा भएको वातावरणमा लामो अवधिसम्म रहँदा पनि सीओपिडीको समस्या देखिन्छ

यस्तै बालबालिकामा अनुवांशिक कारण फोक्सोलाई प्रभाव पार्ने घटनाहरूले सीओपीडी लगायतका विभिन्न कारणले श्वास नली साँघुरो भएमा, श्वास नलीका भागहरू नष्ट भएमा, खकारले श्वास नली अवरुद्ध भएमा, फोक्सोभित्र बाहिर हावा प्रवाहमा कमी ल्याउने गर्छ यो रोग निम्त्याउँछ बिरामीमा निरन्तर खोकी लाग्ने, खकार बढी आउने, श्वासप्रश्वासमा कठिनाइ जस्ता लक्षण देखिन्छन् यस्तै, यो रोग ४० वर्षभन्दा माथिका मानिसहरूलाई लाग्ने गर्छ

दीर्घकालसम्म धुवाँमा बस्ने, धूम्रपान गर्ने विभिन्न किसिमका प्रदूषणमा बस्नेलाई सीओपीडी बनाउन सहयोग गर्छ सीओपीडी बढेको ख्याल गरिएनभने फोक्सोनै खराब बनाउन सक्छ

सो मौसममा विभिन्न किसिमका भाइरसको इन्फेक्सन हुनेगर्छ चिसो बढ्दै गएपछि सीओपीडीका बिरामी बढ्न सक्छन् चिसो मौसम सुरु भएपछि स्वस्थ व्यक्ति पनि बिरामी पर्ने गर्छन् जसमा खोकी लाग्ने, घ्यारघ्यार हुने, श्वासप्रश्वासमा समस्या देखिन्छ यस्तै, जाडो मौसममा दाउरा, गुईठा बालेर ताप्ने चलनले पनि सीओपीडी बनाउन मद्दत गर्छ

कसरी थाहा हुन्छ ?

लामो समयसम्म खोकी लाग्ने, खकार आउने, छाती घ्यारघ्यार भएमा दम रोग लागेको हुन सक्छ यस्तो शंका लागेमा समयमै पहिचान गरी चिकित्सकको सल्लाह अनुसार औषधि सेवन तथा इनहेलर थेरापी लिनुपर्ने चिकित्सकको भनाइ

अन्य औषधिभन्दा तान्ने औषधिमा जोड दिनुपर्ने चिकित्सकहरू सुनाउँछन् उनीहरूका अनुसार तान्ने औषधिले नकारात्मक असर गर्दैन यद्यपि यो औषधि चिकित्सकको परामर्शमा नियमित लिनुपर्छ स्वास्थ्य जीवनशैली अपनाएमा यो रोगको रोकथाम यसबाट हुने जटिलता कम गर्न सकिन्छ

यस्तै, ब्रोन्कियल दम एलर्जीको दम हो विशेष गरेर एलर्जी दम १२ वर्षमुनिका बच्चालाई हुन सक्छ बच्चा हुँदाको समयमा मात्रै नभएर पछिसम्म एलर्जी दम हुन सक्छ ब्रोन्कियल दम हुँदा खोकी लाग्ने, घ्यारघ्यार हुने गर्छ यस्तै, ब्रोन्कियल दम भएकाहरूलाई कुनै समय केही समस्या नभएको जस्तो हुन्छ

दम वंशाणुगत पनि हुन्छ जस्तै बुबाआमालाई दम भने बच्चालाई हुने सम्भावना बढी हुन्छ सानो बच्चाको छाती घ्यारघ्यार हुने, घाँटी बज्ने, खाना खान मन नगर्ने, कम चल्ने, एकै ठाउँमा बस्ने, कम बोल्ने जस्ता व्यवहार गरेमा कतै बालबालिकालाई दम भएको होइन भनेर जाँचका लागि स्वास्थ्य संस्था र्पुयाउनुपर्छ

धेरैजसो दम निको पार्न तथा नियन्त्रण गर्न सकिन्छ सीओपीडी भएका व्यक्तिहरूले धूम्रपान गर्न नहुने चिकित्सकहरूको भनाइ धूम्रपान गर्दा आफूलाई मात्र नभई वरपरका अन्य व्यक्तिहरूलाई पनि उत्तिकै असर र्पुयाउँछ नियमित व्यायाम गर्ने तथा बालबालिकालाई चिसोबाट बचाउने, हातखुट्टा छोप्ने गरी न्यानो लुगा लगाइदिनुपर्ने चिकित्सकहरू बताउँछन्

इन्हेलरको सही प्रयोग गरौँ

सीओपीडी दमका बिरामीले तान्ने औषधि इन्हेलर सही रूपमा प्रयोग गर्न नजान्दा पनि समस्याले सताउन सक्छ इन्हेलरमा औषधिको प्रयोग हुन्छ जसलाई बिरामी आफैले मिलाएर तान्नु पर्छ यद्यपि धेरै बिरामीले इन्हेलर प्रयोग गर्ने तरिका नजान्दा उपचार सही नहुने चिकित्सकहरू बताउँछन्

सही रूपमा प्रयोग नहुँदा रोग बेलाबेलामा बल्झिने गर्छ त्यसैले स्वास्थ्यकर्मीले बिरामीलाई सही तरिकाले इन्हेलर तान्न सिकाउनु पर्छ

सम्बन्धित समाचार