२०७९ मंसीर २३ गते , शुक्रबार

क्युरेक्सको 'भिटामिन सी' कमसल, विक्रीवितरणमा रोक

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २९ गते , मंगलबार
क्युरेक्सको 'भिटामिन सी' कमसल, विक्रीवितरणमा रोक

काठमाण्डौ काभ्रेको बनेपामा रहेको क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको ‘भिटामिन सी’  औषधिको बिक्रीवितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको विभागले बिक्रीवितरण रोकेर बजारबाट औषधि फिर्ता गर्न सूचना निकालेर निर्देशन दिएको हो

माइभिटसी औषधिको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा  न्यून गुणस्तर रहेको पाइएको विभागले जनाएको विभागले केही दिन अघि मात्रै बायोकलडी एसभीट औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो

विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–'डी' रुपन्देहीको तिलोत्तमा एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो

सम्बन्धित समाचार