२०८१ बैशाख ७ गते , शुक्रबार

आइएमइ लुटपाटमा संलग्नमध्ये थप दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २० गते , विहीबार
आइएमइ लुटपाटमा संलग्नमध्ये थप दुई जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आईएमई लुटपाटमा संलग्नमध्येका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक जनालाई झापाको बिर्तामोड र अर्कालाई ताप्लेजुङ फुङलिङ नगरपालिका ३ हेलिप्याडबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए । 
लुटपाटमा चार जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । थप एक जनाको भने खोजी भइरहेको छ। फुङलिङ नगरपालिका ३ हेलिप्याड घर भएका एक जनालाई लुटपाट भएकै दिन बिहान भानुजन माविको छेउबाट पक्राउ गरिएको थियो ।
लुटेको नगद ६ लाख र झोलामा सुनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीले पक्राउ गरेको हो । आईएमई सञ्चालक अमर श्रेष्ठ र मैया श्रेष्ठ भ्रमणको क्रममा अस्ट्रेलियामा छन् । यहाँ रहेका कर्मचारीलाई
आफूले राखेको सुन लिने भन्दै नियन्त्रणमा लिई लुटपाट गरी भागेका थिए ।
प्रहरीले थप एकलाई पनि पक्राउ गरी पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ । सुरुमै पक्राउ परेका एक जना ताप्लेजुङका भए पनि बाँकी तीन जना भने ताप्लेजुङभन्दा बाहिरबाट आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनीहरूले गत सोमबार करिब ७ किलो सुन र नगद ११ लाख ५५ हजार लुटेको सञ्चालकले बताएका छन् । प्रहरीले भने उनीहरू पक्राउ परिसकेपछि पूर्ण विवरण आउने बताउँदै आएको छ ।

सम्बन्धित समाचार