२०८१ बैशाख ८ गते , शनिबार

स्थापनाको एक दशकपछि ‘पिकास’लाई सम्बन्धन, यहि शैक्षिक सत्रदेखि पढाई हुने    

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन २ गते , आईतबार
स्थापनाको एक दशकपछि ‘पिकास’लाई सम्बन्धन, यहि शैक्षिक सत्रदेखि पढाई हुने    

बिर्तामोड । अञ्चलमै पहिलो पटक झापाको बिर्तामोडस्थित नयाँ बसपार्क नजिक रहेको पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज प्रा.लि. (पिकास)ले सम्बन्धन पाएको छ । निर्माण सम्पन्न भएको दश बर्षपछि सञ्चालनका लागि सम्बन्धन पाएसँगै कलेजले  यसै शैक्षिक सत्रदेखि अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको हो । 
एक दशकको प्रयास पश्चात कलेजले पछिल्लो समय पूर्वाञ्चल विश्व विद्यालय (पीयू)बाट सम्बन्धन पाएको हो । 
सिभिल, कम्प्युटर र इलेक्ट्रोनिक इञ्जिनियरिङ बिषयको अध्ययन अध्यापन गराउने लक्ष्यका साथ २०६९ सालमा कलेज निर्माण सम्पन्न भएको थियो । २०६९ सालदेखि नै कक्षा सञ्चालनका लागि तयारी गरेको भएपनि पूर्वाञ्चल विश्वविद्यालयको आन्तरिक समस्याका कारण सम्बन्धन नपाउँदा कलेजले एक दशक पर्खनु परेको थियो । ‘हामीले ०६९ भदौदेखि भर्ना लिएर मंसिरबाट कक्षा सञ्चालन गर्ने गरी द्रुतगतिमा भौतिक पूर्वाधार निर्माण ग¥यौँ,’ उनले भने,‘विश्वविद्यालयको आन्तरिक समस्याका कारण सम्बन्धन दिने काममा ढिलाई हुँदा हामीले यतिका बर्ष पर्खनु पर्यो ।’ ढिलै भएपनि सम्बन्धन पाउँदा खुशी लागेको उनको भनाई छ । 
राजनीतिक परिवर्तनलगायत विभिन्न कारणले पीयूबाट सम्बन्धन नपाएपछि कलेजले २०७५ सालमा सुदुर पश्चिमाञ्चल विश्व विद्यालयबाट समेत बिबिए र बिसिए अध्यापनका लागि सम्बन्धनको प्रक्रिया अगाडी बढाएको थियो । हाल आएर पीयूबाट नै सम्बन्धन पाएसँगै यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना लिएर अध्ययन अध्यापन शुरु गरिन लागेको सञ्चालक प्रसाईँले बताए ।
एक शैक्षिक सत्रमा प्रत्येक समूहमा ४८ जनाको सिट रहने गरी शिक्षा मन्त्रालयले उपलब्ध गराएको २१ बुँदे मापदण्डको अधिनमा रहेर भौतिक पूर्वाधार तयार गरिएको उनको भनाई छ । ‘शैक्षिक क्षेत्रमा विदेशिएको पैसा रोक्न र विद्यार्थीलाई सहजरुपमा पठनपाठन गराउन कलेज सञ्चालन गर्न लागेका हौँ,’ उनले भने । कलेज सञ्चालनमा आएसँगै झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका क्षेत्रका विद्यार्थीले सहजरुपमा पठनपाठन गर्न पाउने उनी बताउँछन् । अब महङ्गो शुलक तिरेर विदेशमा प्राविधिक शिक्षा लिन जानु पर्ने बाध्यता हट्ने उनको भनाई छ । एक विगाह सात कठ्ठा क्षेत्रफलमा करिब १० करोड रुपैँयाको लगानीमा कलेजको भौतिक संरचना तयार भएको उनले बताए । 
 
 

सम्बन्धित समाचार