२०७९ मंसीर २३ गते , शुक्रबार

कक्षा १२ को नतिजा आज आउने

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र १७ गते , शुक्रबार
कक्षा १२ को नतिजा आज आउने

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
नतिजा सार्वजनिक गर्ने निर्णय गर्नको लागि बैठक बोलाएको छ ।
अहिले बोर्डको बैठक बसिरहेको एक बोर्ड सदस्यले जानकारी दिए । उनले भने, ‘हामी परीक्षा बैठक बस्ने तयारीमा छौं । आज नतिजा आउँछ ।’
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।

सम्बन्धित समाचार