२०८१ जेष्ठ ६ गते , आईतबार

आकाशिँदै कोरोना ग्राफ, एकै दिन थपिए ६३८ संक्रमित

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १० गते , मंगलबार
आकाशिँदै कोरोना ग्राफ, एकै दिन थपिए ६३८ संक्रमित

काठमाण्डौ । पछिल्लो समय कोरोनाको ग्राफ बढ्दो छ । २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार