२०८३ बैशाख १८ गते , शुक्रबार

बुद्धशान्तिमा भेटियो मृत हात्ती

sajilo news
परिवेश मिडिया
२०७९ असार १७ गते , शुक्रबार
बुद्धशान्तिमा भेटियो मृत हात्ती

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ स्थित पाँचपोखरी वन नजिकै एउटा हात्ती मृत भेटिएको छ ।
स्थानीय भिम कार्कीको खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरिक्षकको टोली र  डिभिजन वन कार्यालयका रेन्जरको उपस्थितिमा घटनाको मुचुल्का गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए ।
हात्तीको मृत्युको कारण हालसम्म खुली नसकेको बताइएको छ । 

सम्बन्धित समाचार