२०८३ बैशाख १८ गते , शुक्रबार

बाढी प्रभावितलाई व्यवस्थापन गर्ने बिर्तामोडको निर्णय

sajilo news
परिवेश मिडिया
२०७९ असार १४ गते , मंगलबार
बाढी प्रभावितलाई व्यवस्थापन गर्ने बिर्तामोडको निर्णय

बिर्तामोड, असार १४ बिर्तामोड नगरपालिकाले बाढीबाट विस्थापित घरपरिवारलाई खाद्यान्न, स्वास्थ्य उपचार, पिउने पानी सुरक्षित आश्रयस्थलको आवश्यक प्रवन्ध मिलाउने भएको मंगलबार पालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावितहरुका लागि उचित व्यवस्थापन मिलाउने निर्णय गरेको हो

नगरप्रमुख तथा विपद व्यवस्थापन समिति संयोजक पवित्रा महतारा प्रसार्इँको अध्यक्षतामा बसेको बिर्तामोड नगर विपद व्यवस्थापन समितिको बैठकले प्रभावितहरुको व्यवस्थापन गर्नेसँगै अविरल वर्षाका कारण बिर्तामोड नगरका अधिकांश क्षेत्र डुवानमा परी ठुलो जनधनको क्षति हुन सक्ने संभावना रहेकोले रोकथाम नियन्त्रणका लागि विभिन्न निर्णय गरेको पालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए

बैठकले डुवान तथा कटान भई क्षति हुन सक्ने जोखिम क्षेत्रको पहिचान गर्ने, जोखिमयुक्त स्थानमा बसोवास गर्ने परिवारलाई सुरक्षित रहन पूर्व सूचना प्रवाह गर्ने, दैनिक हुने क्षतिको विवरण वडा कार्यालय मार्फत प्राप्त गर्ने व्यवस्था मिलाउने, डुवान कटानलाई तत्काल रोक्न आवश्यक सामाग्रीहरुको पूर्व तयारी राख्ने, पूर्व तयारीको लागि ऐनमा भएको व्यवस्था वमोजिम वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरि त्यसको अनुगमन गर्न वडालाई निर्देशन गर्ने, अत्यावश्यक समयमा नगरमा रहेका जेसीवीबाट मात्र सेवा दिन सम्भव नभएकोले वडाध्यक्षले जेसीवीको व्यवस्थापन गर्ने त्यसमा आएको खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेको

बैठकले विपद व्यवस्थापनको फोकल पर्सनको रुपमा अधिकृत (छैटौँ) मेघराज बास्तोलालाई तोक्ने निर्णय गरेको

बैठकमा सहभागीहरुले बिर्तामोड नगरक्षेत्रमा बाढीले पुर्याएको असर विपद व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा धारणा राखेका थिए

बैठकमा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, लेखा अधिकृत तेजेन्द्र तामाङ, कार्यपालिका सदस्य जगतवन्धु राजवंशी, संगिता सिवा, यमुना आचार्य, लक्ष्मी खतिवडा, नेकपा माओवादी केन्द्रका बिर्तामोड नगरकमिटी अध्यक्ष मोहन सुब्बा, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक खड्का, जनता समाजवादी पार्टीका अभिषेक राई, नेकपा एमाले बिर्तामोड का वडाध्यक्ष लक्ष्मीप्रसाद बाँस्कोटा, माओवादी केन्द्र बिर्तामोड नगर कमिटी उपाध्यक्ष जनबहादुर जवेगु, बिर्तामोड उद्योग वाणिज्य संघका संजिव घिमिरेलगायतको उपस्थिती रहेको थियो

 

 

सम्बन्धित समाचार