२०८३ बैशाख १८ गते , शुक्रबार

झापामा भारी वर्षा, सचेत रहन आग्रह

sajilo news
परिवेश मिडिया
२०७९ असार १४ गते , मंगलबार
झापामा भारी वर्षा, सचेत रहन आग्रह

बिर्तामोड । पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड,  शनिश्चचरे, दोमुखा-कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 
भारी वर्षाका कारण पहिरो, भू-क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ । 
आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । 

सम्बन्धित समाचार