२०८३ बैशाख १८ गते , शुक्रबार

महिला अधिकार र विद्यमान कानून सम्बन्धी कार्यशाला शुरु

sajilo news
परिवेश मिडिया
२०७९ असार १३ गते , सोमबार
महिला अधिकार र विद्यमान कानून सम्बन्धी कार्यशाला शुरु

बिर्तामोड झापाको हल्दिवारी गाउँपालिकामा दुई दिने महिला अधिकार विद्यमान कानून सम्बन्धी कार्यशाला शुरु भएको हल्दिवारी गाउँपालिकाको सहयोगमा टाइम्स मिडिया नेटवर्क बिर्तामोडले कार्यशाला आयोजना गरेको हो

हल्दिवारी गाउँपालिकाको वटै वडाबाट महिला जनप्रतिनिधि, अगुवा महिलाहरु विधार्थीको सहभागितामा सोमबारबाट कार्यशाला शुरु भएको पहिलो दिन आज वडा नम्बर को सहभागिता रहेको थियो भने बाँकी वडाहरुबाट मंगलवार सहभागिता हुने कार्यक्रम संयोजक प्रदिप परियारले बताए

कार्यशालाको पहिलो दिन अधिवक्ता हेमकला कट्टेलले सहजीकरण गरेकी थिइन् मंगलवारको सहजीकरण अधिवक्ता विष्णु कुमारी तामाङले गर्ने परियारले जानकारी दिए

टाइम्स मिडियाका अध्यक्ष नारायण प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यशालामा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत प्रविण दाहाल, कार्यपालिका सदस्य शान्ता शिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए

कार्यक्रममा आशिका मावो अनुष्का शिवाले कार्यक्रममा प्रतिवेदन पेश गरेका थिए सहजकर्ता अधिवक्ता कट्टेलले सहभागीहरुलाई समूहमा विभागन गरेर महिलाका सवालमा छलफल चलाएकी थिइन् छलफलमा महिला अधिकारको आवश्यकता बारे चर्चा गरिएको थियो

सम्बन्धित समाचार