२०८३ बैशाख १८ गते , शुक्रबार
पाँचथरमा कार दुर्घटना हुँदा झापाका बुढाथोकीको मृत्यु
फिदिम । पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक झापा हल्दिबारी-५ बस्ने वर्ष ४५ का प्रकाश बुढाथोकी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको पाँचथर प्रहरी प्रमुख राकेश थापाले बताए ।
मेची राजमार्ग अन्तर्गत फाल्गुनन्द गाँउपालिका वडा न –३ पाङग्रेभीरमा आइतबार झापाबाट फिदिमतर्फ जाँदै गरेको मे १ ज २७८४ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट ७०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा पाँचथर फालेलुङ-२ खुँगा बस्ने वर्ष ३५को भिष्म केरुङ रहेको र उपचारको लागी झापा पठाइएको प्रह