२०८३ बैशाख १८ गते , शुक्रबार

एलआइसीसहित १० बीमा कम्पनीलाई कारबाही

sajilo news
परिवेश मिडिया
२०७९ असार ९ गते , विहीबार
एलआइसीसहित १० बीमा कम्पनीलाई कारबाही

काठमाडौं । बिमा समितिले समयमै वित्तीय विवरण नबुझाउने बिमा कम्पनीहरुलाई कारवाही गरेको छ । बिमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) सहित १० वटा कम्पनीहरुलाई कारवाही गरेको हो ।
बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ वमोजिम वीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको वीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने हुन्छ ।
कानूनी व्यवस्था बमोजिम आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई दश हजारका दरले कारवाही गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पोखरेलले जानकारी दिए ।
एलआइसी सहित नेपाल पुनर्बिमा कम्पनी,  एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारवाहीमा परेका हुन् । यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी पनि कारवाहीमा परेका छन् ।

सम्बन्धित समाचार