२०८३ बैशाख १८ गते , शुक्रबार

रतुवाका कारण बिस्थापितलाई सुरक्षित स्थानमा सारियो

sajilo news
परिवेश मिडिया
२०७९ असार ६ गते , सोमबार
रतुवाका कारण बिस्थापितलाई सुरक्षित स्थानमा सारियो

बाढीले बिस्थापित परिवार सुरक्षित स्थानमा सारियो
बिर्तामोड । आईतवार साँझदेखि परेको अविरल बर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं.७ रेडक्रस भवन पछाडी रहेका १३ वटा घरहरु उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको छ । खोला किनार नजिक रहेको वस्तीमा बाढीले कटान गर्न शुरु गरेपछि यहाँका स्थानीयहरु रातभर जागै बसेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक वसन्त पाठकका अनुसार खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामआईतवार साँझदेखि लगातर आएको अविरल बर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं.७ रेडक्रस भवन पछाडी रहेका १३ वटा घरहरुमा उच्च जोखिममा परेपछि सुरक्षित स्थलमा सारिएको छ । खोला किनार नजिक रहेको वस्तीमा कटान गर्न शुरु गरेपछि यहाँ स्थानीयहरु रातभर जागै बसेका थिए ।
यसैगरी रतुवा खोलामा आएको बाढीका कारण नै गौरादह ६ स्थित टंगुवा बस्तीमा २५ घर परिवार डुवानमा परेको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बस्तिमा पानी पसेर करिब २५ घर डुबानमा परे पनि अहिलेसम्म यहाँ कुनै परिवार विस्तापित भने भएको छैन ।

सम्बन्धित समाचार