पहिरोमा परी २ जनाको मृत्यु, १ जना घाईते
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ ट्याम्फुमा पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ । गए राती परेको बर्षात कारण आएको पहिरोले पुर्दा १ जना घाईते भएका छन् ।
हिजो राती ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको ३ तले घर र गोठ पुरेर पुर्णरुपमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घर पुरिँदा अधिकारीको श्रीमति ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ बर्षीया यसोदा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका सुचना अधिकारी नविनराज राइले जानकारी दिए । उनका ३५ बर्षीय छोरा बिष्णु अधिकारी घाईते भएका छन । घटनास्थलमा प्रहरी चौकी खेवाङबाट गएको प्रहरी टोलीले उद्धार गरी घाईतेलाई उपचारको लागि नेपाली सेनाको हेलीकप्टरद्वारा कोशी अस्पताल बिराटनगर पठाईएको छ भने दुवै शवलाई जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको राइले बताए ।