२०८३ बैशाख १८ गते , शुक्रबार

अल आसमाक्स मेनपावरको कागजात बरामद

sajilo news
परिवेश मिडिया
२०७९ असार २ गते , विहीबार
अल आसमाक्स मेनपावरको कागजात बरामद

बिर्तामोड । वैदेशिक रोजगार विभागले अलआसमाक्स कम्पनी प्रा.लि. को कागजात बरामद गरेको छ । प्रमाणिकरण विना नै कुवेतको केएफसी कम्पनीमा कामदार पठाउन अन्तरवार्ता गरिरहेको अवस्थामा विभागले काठमाण्डौको महाराजगञ्ज चक्रपथस्थित मेनपावरको कागजात बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा गएको वैदेशिक रोजगार विभागको टोलीले वुधबार दिउँसो करिब एक सय जनाभन्दा बढीको संख्यामा अनाधिकृत रुपमा अन्तरवार्ता गरिरहेको पाइएपछि आवश्यक कारबाहिका लागि थप अनुसन्धान गर्न कागजात बरामद गरिएको निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए ।

पछिल्लो समय वैदेशिक रोजगारमा हुने ठगि नियन्त्रणका लागि विभागले नेपाल प्रहरीको समेत सहभागिता रहेको एक शीघ्र प्रत्युत्तर टोली नै गठन गरेको छ । 

सम्बन्धित समाचार