२०८३ बैशाख १८ गते , शुक्रबार

वन उपभोक्ता समितिका कर्मचारी मृत फेला

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ३१ गते , मंगलबार
वन उपभोक्ता समितिका कर्मचारी मृत फेला

बेलबारी मोरङको बेलबारी नगरपालिका१० स्थित बेलबारीचिसाङ सामुदायिक वन उपभोक्ता समितिका एक जना कर्मचारी मृत फेला परेका छन्  

वन उपभोक्ता समितिका (हेरालु) ६९ वर्षीय यादव खनाल मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए उनका अनुसार वन उपभोक्ता समितिको काठ थोपरेर राखेको घाटगद्धीको कम्पाउण्डमा सोमबार दिउँसो बजेतिर खनालको शव घोप्टो परेको अवस्थामा फेला परेको हो मृतक खनाल वर्षदेखि हेरालुको रूपमा कार्यरत थिए

प्रहरीका अनुसार मृतक खनाल बिहान बजेतिर घरबाट निस्किएको खाना खानलाई नआएपछि खोजी गर्ने क्रममा परिवारका सदस्यले मृत फेला पारेका थिए शव पोस्टमार्टमका लागि धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको

घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको

 

सम्बन्धित समाचार