२०८३ बैशाख १८ गते , शुक्रबार

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ३० गते , सोमबार
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

बिर्तामोड । झापाको गौरादहमा ट्याक्टरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । गौरादह-१ का रामप्रसाद अधिकारीका छोरा गौरव अधिकारीको मृत्यु भएको हो ।
सोमबार साँझ ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्याक्टरले ठक्कर दिई घाईते भएका अधिकारीको उपचारको लागी दमक अस्पताल दमक लगिएकोमा ५:४० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक कमल गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष २६ को बिनोद चौधरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार