२०८३ बैशाख १८ गते , शुक्रबार

सवारी साधनको अब अनलाइन दर्ता हुने

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ३० गते , सोमबार
सवारी साधनको अब अनलाइन दर्ता हुने

बिर्तामोड । प्रविधीको प्रयोग बढेसँगै अब सवारी साधनपनि अनलाइन दर्ता हुने भएको छ । अनलाइन दर्ता शुरु भएपछि घरै बसेर आफ्नो सवारी साधनको सम्पूर्ण विवरण हेर्न सकिने भएको छ ।
'करिब दुई हप्ताभित्र दर्ता प्रक्रिया सुरु हुन्छ' यातायात ब्यवस्था कार्यालय बिर्तामोडका प्रमुख हरि लामिछानेले भने,'स्क्यानर, थम्ब मेसिनलगायत सामाग्री माग गरेका छौँ, आउनासाथ सुरु गर्छौं ।' अनलाइन दर्ता भएपछि दलालहरुबाट ठगिने सम्भावनासमेत नहुने उनले बताए । अनलाइन दर्ता भएपछि सवारी साधनको राजश्वलगायत सबै विवरण आफैले हेर्न मिल्ने हुँदा राजश्व तिर्न लगायत अन्य कागजातको लागि तेस्रो ब्यक्तिको साहारा लिन नपर्ने उनले बताए । 

सम्बन्धित समाचार