२०८३ बैशाख १८ गते , शुक्रबार

पत्रकार उपचार कोषलाई १ लाख १ हजार सहयोग

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २८ गते , शनिबार
पत्रकार उपचार कोषलाई १ लाख १ हजार सहयोग

बिर्तामोड । नेपाल पत्रकार महासंघले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा १ लाख १ हजार रुपैँया आर्थिक सहयोग प्राप्त भएको छ । कनकाई६ झापा निवासी चिरञ्जीवी तथा इश्वरादेवी उप्रतीले उपचार कोषलाई आर्थिक सहयोग गरेका हुन् ।

शनिबार कनकाईमा आयोजित एक कार्यक्रमका बिच उप्रेती परिवारले उपचार कोषलाई नगद हस्तान्तरण गरेका हुन् । उप्रेती परिवारले सहयोग रकम पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी तथा कोषाध्यक्ष रञ्जित प्रसाईँलाई हस्तान्तरण गरेका थिए ।

उप्रेती परिवारले चिरञ्जीवीइश्वरादेवी उप्रेती अक्षय कोष घोषणा कार्यक्रमको अवसर पारेर सहयोग रकम हस्तान्तरण गरेका थिए । वि.सं. १९९१ सालमा तेह्रथुममा जन्मिएका चिरञ्जीवी उप्रेती २००७ सालमा झापा बसाई सरेर आएका थिए । २०१२ सालदेखि कनकाई-६ मा बसोबास गर्दै आएका उप्रेती समाजसेवीको रुपमा परिचित छन् । पञ्चायत कालमा तत्कालिन घैलाडुब्बा गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका उप्रेती विद्यालय व्यवस्थापन समितिमा लामो समय रहेर समाजसेवा गरेका थिए । उनले विद्यालय, मठमन्दिर आदि निर्माणमा ठूलो सहयोग गर्दै आएको कनकाई६ का वडाध्यक्ष दिर्गबहादुर थापाले बताए । उप्रेतीले दिएको ७ कठ्ठा जग्गामा निर्माण भएको भवानी खानेपानीबाट कनकाई तथा बाह्रदशीका जनता लाभान्वित भएको उनले बताए ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले महासंघले शुरु गरेको उपचार कोषमा उप्रेती परिवारले गरेको सहयोग सह्रानीय भएको भन्दै दाताहरु चिरञ्जीवी, इश्वरादेवी, एकराज लगायत सम्पूर्ण उप्रेती परिवारलाई धन्यवाद दिए । उनले पत्रकारहरुको उपचारमा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कोषमा हालसम्म ६० लाख रुपैँया जम्मा भइसकेको जानकारी दिए । उपचार कोषमा एक करोड रुपैँया जम्मा गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, पत्रकार महासंघ प्रदेश १ का सदस्य लीलाराज खड्का, नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, प्रेस सेन्टर झापाका सचिव उद्धव पुरी, सदस्य सन्तोष शर्मा, कनकाई खबरका सम्पादक राम निरौला लगायत एक दर्जन सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार