२०८३ बैशाख १८ गते , शुक्रबार

तीस लाख राशीको चिरञ्जीवी–इश्वरादेवी अक्षयकोष स्थापना

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २८ गते , शनिबार
तीस लाख राशीको चिरञ्जीवी–इश्वरादेवी अक्षयकोष स्थापना

कनकाई झापा कनकाईका समाजसेवी चिरञ्जीवी उप्रेती श्रीमती इश्वरादेवी उप्रेतीको नाममा अक्षयकोष स्थापना भएको बार्षिक चार विधामा उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गर्ने उद्धेश्यले तीस लाख राशीको अक्षयकोष स्थापना गरिएको हो

शनिबार कनकाईको भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सभाहलमा कार्यक्रम आयोजना गरी अक्षयकोषको घोषणा गरिएको हो  कनकाई नगरपालिका वडा नम्बर निवासी चिरञ्जीवी उप्रेती इश्वरादेवी उप्रेतीको नाममा अक्षयकोष स्थापना गरिएको कोषका अध्यक्षसमेत रहेका उप्रेतीद्वयका छोरा एकराज उप्रेतीले जानकारी दिए सभ्य, सुखी सुन्दर समाजको निर्माणमा योगदान पुर्याउन, त्यस कार्यमा योगदान गर्ने व्यक्तिको सम्मान तथा प्रोत्साहन गर्दै समाजमा सकारात्मक सोँच मैत्रीपूर्ण भावनाको विकासमा रचनात्मक कार्य गर्ने उद्धेश्यले अक्षयकोषको स्थापना गरिएको कोषका प्रमुख संरक्षक चिरञ्जीवी उप्रेतीले जानकारी दिए उनले मानिस जन्मँदा मृत्यु हुँदा नाङ्गै हुने भन्दै जीवनकालमा समाजका लागि योगदान गर्नु पर्ने बताए

चिरञ्जीवी र इश्वरादेवीसहित उप्रेती परिवार


कोषको रकमबाट कनकाई नगरक्षेत्रभित्रको सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरी कक्षा १२ उत्तीर्ण गर्ने एक जना विद्यार्थी, भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यक्षेत्रभित्र बसोबास गरेका एक जना असल बुहारी, कनकाई नगरपालिका भित्रका एक जना उत्कृष्ट कृषक झापा जिल्ला भित्र रहेर पत्रकारितामा उत्कृष्ट योगदान गर्ने एक जना पत्रकारलाई जनही एकाउन्न हजार रुपैँयाका दरले पुरस्कृत गरिने कोषका अध्यक्ष एकराज उप्रेतीले बताए हरेक बर्ष भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभाका दिन पुरस्कार वितरण गरिने उनले जानकारी दिए   

कोषका प्रमुख संरक्षक चिरञ्जीवी तथा संरक्षक इश्वरादेवी उप्रेती भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रहेका छन् एकराज उप्रेतीको अध्यक्षतामा सदस्यहरु सुवासचन्द्र उप्रेती, कल्पना उप्रेती, डा. आयुष उप्रेती, हरि शिवाकोटी, बालकृष्ण सिटौला सदस्य सचिव भरतकुमार थपलिया रहेको कोष व्यवस्थापन समिति रहेको

कार्यक्रममा बोल्दै कनकाई वडा नम्बर का वडाध्यक्ष दिर्गबहादुर थापाले कोषका प्रमुख संरक्षक चिरञ्जीवी उप्रेतीले समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए वडाध्यक्ष थापाले सुखी समृद्ध समाजको निर्माणमा उप्रेतीको सकारात्मक सोँचले ठूलो भूमिका खेल्नुका साथै उनले गरेका कार्यले कनकाईको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए उप्रेतीमा रहेको सकारात्मक सोँचकै कारण ८९ बर्षको उमेरमा समेत उप्रेती स्वस्थ्य हँसिलो रहेको भन्दै प्रशंसा गरे

कनकाई नगरका उपप्रमुख आशा शर्मा शिवाकोटीले उप्रेती परिवार पहिलादेखि नै सामाजिक कार्यमा संलग्न रहँदै आएको अहिले अक्षयकोष स्थापना गरी थप पुण्यको काम गरेको बताइन् शिवाकोटीले समृद्ध परिवारका लागि सुसंस्कृति बुहारीको ठूलो योगदान हुने उत्कृष्ट बुहारीलाई पुरस्कृत गर्ने गरी अक्षयकोषको स्थापना भएको भन्दै खुशी व्यक्त गरिन् उनले कोषका संरक्षकद्वय उप्रेतीको दीर्घ जीवनको समेत कामना गरिन्

कनकाईका  नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले उप्रेती परिवारको यो कार्यले कनकाईको विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यो कोष कनकाईको उत्कृष्ट बन्न सकोस भन्ने कामना गरे उनले भविष्यमा कोषले अन्य विधामा समेत पुरस्कार वितरण गरोस भन्ने सुभेच्छासमेत प्रकट गरे  

सम्बन्धित समाचार