दुर्घटनामा परी कर्णाली साकोसका उपाध्यक्षको मृत्यु, पाँच घाइते
बिर्तामोड । शनिबार साँझ इलाममा भएको सवारी दुर्घटनामा परि बिर्तामोड–३ का ५७ बर्षीय इश्वरीप्रसाद खरेलको मृत्यु भएको छ । दुर्घटनाका कारण अन्य पाँच जना घाइते भएका छन् ।
कर्णाली बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसमेत रहेका मृतक खरेल सवार प्रदेश १–०१–००१६–९१९३ नम्बरको स्करपियो गाडी सूर्योदय नगरपालिका–७ स्थित सुकेपोखरी नजिक सडकबाट सय मिटर तल झरेर दुर्घटना भएको थियो । बिर्तामोडबाट इलाम तर्फ जाँदै गर्दा साँझ ७ः३० बजे गाडी दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार सहकारीका अध्यक्ष बिर्तामोड–३ निवासी टिएस प्रधान, कोषाध्यक्ष बिर्तामोड–८ निवासी ४५ बर्षीय एकराज विष्ट, बिर्तामाृड–४ निवासी ५३ बर्षीय सन्तोष श्रेष्ठ र ४५ बर्षीय डिल्ली बस्नेत घाइते भएको र उनीहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइते मध्ये गाडी चालक पराजुलीको शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक शुक्र राईले जानकारी दिए ।