२०८३ बैशाख १८ गते , शुक्रबार
आगलागीबाट १० लाखको क्षति
उदयपुर । जिल्लाको चौदण्डिगढी नगरपालिका वडा नम्बर ७ मा भएको आगलागीबाट १० लाखको क्षति भएको छ । विहिबार साँझ पौने ९ बजे बेल्टार बजारस्थित रामचन्द्र बस्नेतको घरमा आगलागी भएको थियो ।
बस्नेतको दुई तले घरमा विद्युत सर्ट भइ आगलागी हुँदा घरमा रहेको लत्ताकपडा, फेन्सी सामान, जुत्ता चप्पल नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको नेपाल प्रहरी र स्थानीयबासीले एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।