२०८३ बैशाख १८ गते , शुक्रबार

अब मापसे गरेर सवारी चलाए सचेतना कक्षा अनिवार्य लिनु पर्ने

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २६ गते , विहीबार
अब मापसे गरेर सवारी चलाए सचेतना कक्षा अनिवार्य लिनु पर्ने

बिर्तामोड मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकले सचेतना कक्षा लिनु पर्ने भएको झापामा सवारी साधन दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरेका चालकले अनिवार्य सचेतना कक्षा लिनु पर्ने भएको हो

मादक पदार्थ सेवन गरेका चालकका कारण हुने सवारी साधन दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले अनिवार्य  दुर्घटना सम्बन्धि सचेतना कक्षा दिन लागेको हो श्रव्य दृष्य सामाग्री समेटिएको सचेतना कक्षा ३० मिनेटको हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सहायक प्रहरी निरीक्षक यामकुमार खड्काले जानकारी दिए

ट्राफिक जाँचको समयमा चालकले मादक पदार्थ सेवन गरेको पाइएमा लाइसेन्स तथा व्लुबुक नियन्त्रणमा लिने दैनिक १० बजेदेखि सञ्चालन हुने सचेतना कक्षामा चालकलाई सहभागी गराउने उनले बताए सचेतना कक्षा लिएपछि राजश्व तिराएर मात्र चालकलाई छाड्ने उनले बताए

चालकले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेको पाइएमा सो दिन थुनामा राखेर भोलि पल्टमात्र सचेतना कक्षामा सहभागी गराइने बताइएको चालकले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका कारण भएका थुप्रै दुर्घटनामा परी मानवीय क्षति भएपछि दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीले थप सक्रियता बढाएको

सम्बन्धित समाचार