२०८३ बैशाख १८ गते , शुक्रबार

असार १ बाट आइतबारको साप्ताहिक विदा कटौती

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २३ गते , सोमबार
असार १ बाट आइतबारको साप्ताहिक विदा कटौती

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।
गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिन शुरु गरेको थियो ।
तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना हुनुका साथै पालिकाहरुले अवज्ञा शुरु गरेका थिए । 

सम्बन्धित समाचार