२०८३ बैशाख १८ गते , शुक्रबार

सार्वजनिक शौचालय : योजना काठमाण्डौमा कार्यान्वयन मोफसलमा

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २३ गते , सोमबार
सार्वजनिक शौचालय : योजना काठमाण्डौमा कार्यान्वयन मोफसलमा

बिर्तामोड काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन साहले काठमाण्डौको समस्या समाधानका लागि गरेको एउटा निर्णय अहिले मोफसलमा समेत कार्यान्वयन हुन थालेको नगर प्रमुख साहले सार्वजनिक शौचालयको आवश्यकता पूरा गर्न होटल तथा रेष्टुरेण्टका शौचालय प्रयोग गर्न सकिने गरी ल्याएको अवधारणा यतिबेला पूर्वमा कार्यान्वयन हुन थालेको हो

सार्वजनिक शौचालय कम भएको तर मानिसको भीडभाड हुने ठाउँमा होटल तथा रेष्टुरेण्टका शौचालय प्रयोगमा ल्याउने नगर प्रमुख साहको अवधारणालाई सबैले स्वागत योग्य भनेपछि पूर्वमा यसको कार्यान्वयन शुरु भएको हो इलामको सुन्दर पर्यटकीय नगरी कन्याममा युवा पर्यटन व्यवसायी टीका ओडारीले सञ्चालन गरेको कन्याम इनले सबैभन्दा पहिला आफ्नो शौचालय सार्वजनिक प्रयोग गर्न दिने निर्णय गर्यो

ओडारीले गरेको सो निर्णयले धेरैको मन जित्न सफल भयो अधिकांश समय पर्यटकको चहलपहल रहने कन्याममा पर्याप्त सार्वजनिक शौचालय नहुँदा पर्यटक कष्ट व्यहोर्दै आएका थिए एकातिर पर्यटकलाई असुविधा थियो भने अर्कातिर मानिस खुला ठाउँमा दिशापिसाब गर्न बाध्य थिए जसले वातावरणसमेत प्रदुषित बनाइरहेको थियो कन्याम इनको उक्त निर्णयले पर्यटकलाई केहि हदसम्म सुविधा पुग्ने देखिन्छ

त्यस्तै लामो समयदेखि राजनीतिक दलले सार्वजनिक शौचालयलाई प्रतिबद्धता पत्रमा राखेर राजनीति गर्दै आएको भएको एउटा मोबाइल शौचालयसमेत सुरक्षित गर्न नसकेको बिर्तामोडमा शिखर बचत तथा ऋण सहकारी संस्थालेपनि सार्वजनिक शौचालय सञ्चालन गरेको जिम्मेवार संस्था, समुदायमा सेवा भन्ने नाराका साथ सञ्चालित संस्थाले भद्रपुर बस स्टेण्ड नजिकै रहेको आफ्नो प्रधान कार्यालय परिसरमा अलग्गै सार्वजनिक शौचालय सञ्चालन गरेको हो

अञ्चलकै प्रमुख व्यापारिक नगरी बिर्तामोडमा सार्वजनिक शौचालय नहुँदा बिर्तामोड नगरपालिका पटक पटक बदनामी सहँदै आएको लामो समयदेखि सार्वजनिक शौचालयलाई मुद्धा बनाएर हिड्ने राजनीतिक दल, उद्योग वाणिज्य संघ तथा सामाजिक संस्थाकालाई शिखर साकोसले नराम्ररी झापड हानेको मुख्य राजमार्ग आसपासमा खाली जमिन नपाएकै कारण शौचालय सञ्चालन गर्न नसकिएको बताउने नगरपालिकालाई पनि शिखरले एउटा सामाधानको उपाय देखाइदिएको घरबहालमा लगाएर लाखौँ असुल्न तत्पर घरधनी तथा कम्प्लेक्स सञ्चालकहरु सबैले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने हो भने छुट्टै सार्वजनिक शौचालयको आवश्यकता हुँदैन भन्ने उदाहरण समेत शिखरले प्रस्तुत गरेको स्थानीय बताउँछन् सबै सटरधनी तथा व्यवसायीक रुपमा सञ्चालित सपिङ कम्प्लेक्सहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोग गर्न दिएर बिर्तामोडको एउटा प्रमुख समस्याको रुपमा रहेको सार्वजनिक शौचालयको आवश्यकता पूरा गराउन सकिने देखिन्छ    

सम्बन्धित समाचार