२०८३ बैशाख १८ गते , शुक्रबार
बिर्तामोडमा आइतबार विदा नहुने
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आइतवार सार्वजनिक विदा नदिने निर्णय गरेको छ । सरकारले जेठ १ गतेदेखि लागू गरेको आइतबारको विदा बिर्तामोड नगरपालिकाले कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
आइतबार बसेको बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले नगरपालिका अन्तर्गतका कार्यालयहरुमा असार १ गतेदेखि लागू हुने गरी जेठ १ अघिकै अनुसार विदा र समय लागू गर्ने निर्णय गरेको हो ।
आइतबारको विदाको सन्दर्भमा स्थानीय नगरबासी, शैक्षिक संस्थाको माग बमोजिम आइतवारको विदा नगर्ने निर्णय गरिएको कार्यपालिका सदस्य तथा वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईले जानकारी दिए ।