२०८३ बैशाख १८ गते , शुक्रबार
धुलाबारीमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी
बिर्तामोड । आइतबार बिहान धुलाबारीमा भएको आगलागी नियन्त्रणमा आएको छ । आइतबार बिहान १०:४५ बजे मेचीनगर-१० धुलाबारीस्थित अजित लावतीको घरमा लागेको आगो पूर्ण नियन्त्रणमा आएको र क्षतिको विवरण आउन बाकि रहेको छ ।
लावतीकी घरमा रहेको ज्योती कोइरालाले संचालन गरेको न्यू पाथिभरा भेराइटिज इलेक्ट्रोनिक्स पसलबाट बिद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर, मेचीनगर र बिर्तामोडको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा ११:३० बजे आगो पूर्ण नियन्त्रणमा लिइएको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।