२०८३ बैशाख १८ गते , शुक्रबार
ढोका लगाउने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका ४ मा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राती ९ बजे करेण्ट लाग्दा ४७ बर्षीय धनकुमार राईको मृत्यु भएको हो ।
राईलाई सुत्ने बेला कोठाको ढोका लगाउने क्रममा नजिक रहेको बिजुलीको तारबाट करेण्ट लाग्दा घाईते भएका थिए । उनको चौदण्डीगढी अस्पताल बेल्टारमा ल्याई उपचार भईरहेकोमा उपचारको क्रममा राति ९:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । मृतकको शव चौदण्डीगढी अस्पताल बेल्टारको शव गृहमा रहेको र घटनास्थलमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट गएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको उनले बताए ।