२०८३ बैशाख १८ गते , शुक्रबार
गोरखापत्र बाजे स्मृति पत्रकारिता पुरस्कारबाट ढकाल पुरस्कृत
बिर्तामोड । गोरखापत्र बाजे स्मृति पत्रकारिता पुरस्कारबाट नरेन्द्र ढकाल पुरस्कृत भएका छन् । ११ हजार रुपैयाँ राशीको पुरस्कार ढकाललाई प्रदान गरिएको हो ।
पूर्वाञ्चल दैनिकको अनलाइन संस्करणका समाचार संयोजक ढकाललाई स्वतन्त्र पत्रकार महासंघको चौथो राष्ट्रिय महाधिवेशनको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो । स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत रहेका ढकाललाई गौडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले सम्मानपत्र प्रदानसहित पुरस्कार राशी प्रदान गरेका थिए ।
ढकालसँगै उद्घोष दैनिकका प्रधान सम्पादक तथा स्वतन्त्र पत्रकार संघका सल्लाहकार मोहन भण्डारीलाई २५ हजार रुपैयाँ पुरस्कार राशीको सामाजिक विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।