२०८३ बैशाख १८ गते , शुक्रबार

सूचिकरण सहजकर्ता तालिम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १८ गते , बुधबार
सूचिकरण सहजकर्ता तालिम सम्पन्न

झापा     किसान सूचिकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न भएको बिर्तामोड नगरपालिकाको कृषि पशुपंछि तथा मत्स्य विकास शाखाले मंगलबारदेखि आयोजना गरेको दिने तालिम सम्पन्न भएको हो तालिममा १० जनाको सहभागिता रहेको थियो तालिम लिएकाहरुले बिहीबारदेखि कृषकको घर घरमा गएर तथ्याङ्क संकलन गर्ने नगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिए

बिर्तामोडमा पहिलो चरणमा वडा नम्बर का तीन हजार दुई सय घरमा पुगेर कृषकको तथ्याङ्क संकलन गर्न लागिएको हो संघीय सरकारको सशर्त अनुदानअन्तर्गत रहेको यस कार्यक्रममा सूचिकृत भएका कृषकहरुलाई परिचय कार्ड वितरण गरिने त्यसैका आधारमा सेवा सुविधा उपलव्ध गराउने सरकारको योजना अनुसार बिर्तामोडमा काम अघि बढाइएको हो

झापाका कमल वुद्वशान्ति गाउँपालिकामा यो कार्यक्रम सम्पन्न भइसकेको भने दमक नगरपालिका कचनकवल गाउँपालिकामा चाँडै सुरु हुने कृषि ज्ञानकेन्द्र झापाले जनाएको बिर्तामोडका वटा वडामा आगामी असार १५ गतेसम्ममा तथ्याङ्क संकलनको काम सकिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले बताइन्

कृषिज्ञान केन्द्र झापाका बागवानी विकास अधिकृत तथा यस कार्यक्रमका फोकल पर्सन अंकित भट्टराईले तालिमको सहजीकरण गरेका थिए

 

सम्बन्धित समाचार