२०८३ बैशाख १८ गते , शुक्रबार

कोरोना बीमा भुक्तानी दिन उच्च अदालतको आदेश

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १६ गते , सोमबार
कोरोना बीमा भुक्तानी दिन उच्च अदालतको आदेश

विराटनगर उच्च अदालत विराटनगरले कोरोना बीमा बापतको रकम भुक्तानी गर्न आदेश दिएको

उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलाशले कोरोना बीमाको रकम भुक्तानी गर्न विमा कम्पनीको नाममा सोमबार परमादेश जारी गरेको हो

नेपाल पत्रकार महासंघ मोरङ शाखाले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा बीमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरेको थियो उक्त रिट निवेदकको पक्षमा परमादेश आदेश आएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए

सोमबार भएको पेशीमा नेपाल पत्रकार महासंघ मोरङ शाखाको तर्फबाट अधिवक्ता मनोजकुमार आचार्यले पैरवी गरेका थिए विपक्षीको तर्फबाट पाँच जना कानुन व्यवसायीहरूले बहस गरेका थिए बादी प्रतिवादीको तर्फबाट बहस सकिएपछि उच्च अदालतले बीमा गर्ने कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडलाई बीमा रकम भुक्तानी गर्न परामादेश जारी गरेको सूचना अधिकारी सुवेदीले बताए पाँच दिनपछि आदेशको पूर्णपाठ आउने उनले बताए

अधिवक्ता आचार्यले निवेदकको पक्षामा भएको फैसला कानून बमोजिम भएको बताएका छन् सरकारलाई देखाएर बीमा कम्पनी उम्किने अवस्था रहँदैन कम्पनीले बीमा गरेको हो बीमा अभिलेखमा अरु कुनै शर्तहरू उल्लेखपनि भएको छैन,’ उनले भने, ‘त्यही भएर विमा गरेको भुक्तानी दिने जिम्मेवारी अजोड इन्स्योरेन्स लिमिटेडको हो

नेपाल पत्रकार महासंघ मोरङ शाखाले बीमा सम्झौता गर्ने अजोड इन्स्योरेन्ससहित बीमा समिति, अर्थ मन्त्रालय नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको थियो

नेपाल पत्रकार महासंघ अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका सय जनाभन्दा बढी पत्रकार उनीहरूका परिवारका सदस्यको बीमा गरिएको थियो त्यसमध्ये ५१ जना बीमितमा कोरोना संक्रमण पुष्टि भएकोमा २० जनाले मात्र बीमा दाबी भुक्तानी पाएका थिए बीमा गरेका मध्ये ३१ जनाले भुक्तानी पाउन बाँकी रहेको

कम्पनीको नियम अनुसार प्रिमियम तिरेर बीमा गरेका बीमितलाई भुक्तानी दिन नसकिने भन्ने जवाफ आएपछि महासंघले परमादेश माग गर्दै रिट दायर गरेको हो

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बजेटमा कोरोना बीमा गर्न प्रिमियमको आधार रकम भुक्तानी गरिदिने घोषणा गरेपछि लाखौं नागरिकले कोरोना बीमा गराएका थिए

अहिलेसम्म झन्डै ३५ हजार संक्रमितले बीमा दाबी भुक्तानी लिएका छन् भने ७० हजारभन्दा बढीले अझै भुक्तानी पाउन सकेका छैनन्

 

 

सम्बन्धित समाचार