अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय सह संयोजकमा बिर्तामोडका मुकेश खनाल चयन
बिर्तामोड । विश्वका विभिन्न मुलुकमा रहेका झापालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय सह संयोजकमा बिर्तामोडका मुकेश खनाल चयन भएका छन । खनाल विगत पाँच बर्षदेखि दक्षिण कोरियामा कार्यरत छन ।
समाजले २०२१-०२३ कार्यकालका लागि रिक्त रहेका विभिन्न पदहरु पूर्ति गरेको छ । समाजको मे २९, २०२२ मा बसेको कार्य समिति पुर्णता दिने बैठकले प्रवक्तामा खेमराज जम्मर कट्टेल (इजरायल), सचिवमा इन्द्र ओली (बेल्जियम), कोषाध्यक्षमा अजय श्रेष्ठ (द.कोरिया), क्षेत्रीय संयोजक (एशिया, हङकङ), त्रिभुवन लुङफुङवा, क्षेत्रीय सह संयोजक क्रमश: मुकेश खनाल (एशिया, द.कोरिया), इन्द्र न्यौपाने (ओसनिया, अष्ट्रेलिया), गणेश प्रसाई (युरोप, आयरल्याण्ड), सदस्यमा रमा बुढाथोकी (इजरायल) मनोनित गरेको बताईएको छ ।
विश्वभर रहेका झण्डै ४२ वटा राष्ट्रमा रहेका झापाली समाजहरुको छाता संगठन अन्तराष्ट्रिय झापाली समाजले नेपाल लगायत झापाका विभिन्न ठाउँमा सामाजिक कार्यहरु गर्दै आएको छ । कोभिड १९ को कारणले विश्व मानवजगत नै थलापरेको अवस्थामा गत बर्ष झापामा एकका लागी एक अभियानसँगको सहकार्यमा पहिलो पिसिआर मेसिनको स्थापना, १०० थान अक्सिजन सिलिण्डर र झापाका प्रत्येक पालिकाहरुमा पिसिआर किट, पिपिई लगायत विभिन्न ठाउँमा गरेर झण्डै ६० लाख नेपाली रुपैया बराबरको सहयोग गरेको थियो ।
गत मे ०६ र ०७, २०२२ मा सम्पन्न अन्तराष्ट्रिय झापाली समाजको तेश्रो महाधिवेशनबाट अध्यक्षमा दिपक प्रसाद ओली (इजरायल), बरिष्ठ उपाध्यक्ष मुकुन्द ढुंगाना (अमेरिका), उपाध्यक्ष महेन्द्र चम्लागाई (कतार), उपाध्यक्ष दिपक चुडाल(अस्ट्रेलिया), महासचिव नगेन्द्र प्रसाद (नवीन) पोख्रेल (कतार), सचिव अजय राजवंशी (अस्ट्रेलिया), क्षेत्रीय संयोजक क्रमश प्रदिप तिम्सिना (अमेरिका), चुडामणि कार्की (कतार, मध्यपूर्व), उमेश पोख्रेल (ओसनिया, अस्ट्रेलिया), ललित न्यौपाने (युके, युरोप), क्षेत्रिय सह संयोजक: प्रसन्ना तिम्सिना (अमेरिका), सदस्यहरु: तुलशी प्रसाद शिवाकोटी (जर्मनी), रबिन गिरी (साउदी अरेबिया), हर्कराज तिम्सिना (युके), चनिलाल राजवंशी (कतार) निर्वाचित भएका थिए भने बाँकी रहेका पदहरु कार्यसमितिको बैठकबाट पूर्णता दिइएको महासचिव नगेन्द्रप्रसाद पोख्रेलले जानकारी दिए ।