२०८३ बैशाख १८ गते , शुक्रबार

रञ्जन कोइरालाको फैसला उल्टियो, २० बर्ष जेल बस्नुपर्ने

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १२ गते , विहीबार
रञ्जन कोइरालाको फैसला उल्टियो, २० बर्ष जेल बस्नुपर्ने

काठमाडौँ श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले गरेको फैसला सर्वोच्चले उल्टाएको सर्वोच्चको पूर्ण इजलासले प्रधानन्यायाधीश राणा न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर वर्ष कायम गरिदिएको थियो

जिल्ला उच्च अदालतबाट जन्मकैदको सजाय पाए पनि सर्वोच्चबाट साढे ११ वर्ष सजाय कटौती भएपछि २०७७ साउन मा डिल्लीबजार कारागारबाट बाहिरिँदै पूर्वडीआइजी रञ्जन काइेराला  

बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान कुमार चुडालको इजलासले सो निर्णयलाई उल्टाएर २० वर्ष नै कायम गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए

डीआईजी कोइरालाले करिब वर्ष पहिले पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए। पत्नी हत्याको अपराध सावित भएपनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन गते जेलमुक्त भएका थिए।

सम्बन्धित समाचार