२०८१ बैशाख ७ गते , शुक्रबार

कविता

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ८ गते , आईतबार
कविता

मेरो वर्तमान

भित्ताभरको आलो घाउ सहँदै

  पीडादायक वर्तमान झेल्दै छु

     केमोको असह्य बेदना सहँदै

         यहाँ आफूलाई भुल्याउँदै छु ।

आफन्त अनि परिवारलाई

  ऐय्या ऐय्या लुकाउँदै

      मुस्किलले चोट सहँदै

          ठीकै छु भन्दै हाँसेकी छु ।

स्वाद नै नपाउने खानालाई

  मीठो मानेर खाँदै छु

     निद्रा कहाँ पर्छ र आनन्दले

         निदाएको बहाना गरिरहेछु ।

यो रोगसँग भेट भए सँगै

   दिनरात दुःखमा डुबेको छु

        तन  र मनको सन्तुलन मिलाउन

            जीवन प्रतिको सोँच बदलेको छु ।

सुख र खुशी  मेरो  देखेर

   जलन भएछ यस रोगलाई

      बलवान् ठान्ने क्यान्सर जित्न

         योग र प्राणायाम गर्दै छु ।

परिवार, आफन्त र अग्रजहरूको

  माया सद्भाव र आशिर्वादले

     सुनौलो बिहानीको पर्खाइमा

        आफ्नो आत्मबल बढाउँदै छु ।

भगवान समान छन् डाक्टर मेरा

    श्रद्धाले शिर झुकाउँदै छु

        चाँडै कर्मथलो फर्केर जाने

            प्रण प्रतिज्ञा गर्दैछु ।

 

                      -प्रतिमा चापागाईं

                      मेचीनगर न.पा. ८, झापा

सम्बन्धित समाचार