२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा मत गणना सुचारु गर्ने सहमति, ३ बजेदेखि गणना सुरु हुने

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १ गते , आईतबार
बिर्तामोडमा मत गणना सुचारु गर्ने सहमति, ३ बजेदेखि गणना सुरु हुने

बिर्तामोड । झापाको बिर्तामोडमा शनिबार रातिदेखि अवरुद्ध मत गणना प्रक्रिया सुचारु गर्ने सहमति भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले मत गणना ३ बजेदेखि सुरु गर्ने सहमति गरेको हो ।
बैठकले करारको सट्टा अन्य कर्मचारी ब्यवस्थापन गर्ने, गणना स्थललाई फराकिलो बनाउने, गणनास्थलमा मोबाइल प्रयोग नगर्ने, कुनै विवाद आएमा दलीय संयन्त्र निर्माण गरि सो संयन्त्रले निकास निकाल्ने निर्णय भएको छ । एउटा गणनास्थलमा एउटा दलको दुई जना मात्र  प्रतिनिधि राख्न पाउने, निर्वाचन अधिकृतबाट जारी भएको दलगत परिचय पत्र मात्र मान्य हुने लगायत सहमति भएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिए ।
करारको कर्मचारी मतगणनामा खटाइएको, मत गणना स्वच्छ हुन नसकेको भन्दै शनिबार राति नेकपा माओवादी केन्द्रले गणना रोक्न माग गरेको थियो । मत पत्रमा लागेको रंग र प्रतिनिधि संख्याको बिषयमा दिउँसैदेखि सामान्य विवाद हुँदै आएको थियो । 

सम्बन्धित समाचार