२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा मतदान स्थल निर्माण गरिँदै

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २९ गते , विहीबार
बिर्तामोडमा मतदान स्थल निर्माण गरिँदै

बिर्तामोड भोलि हुने मतदानका लागि धमाधम तयारी भइरहेको मतदानका लागि मतदान स्थलमा बुथ राख्ने, त्रिपाल लगाउने काम भइरहेको हो

बिर्तामोडमा १८ वटा मतदान स्थलमा ६४ मतदान केन्द्र रहेका छन् ती स्थानहरुमा बुथ राख्ने ठाउँ, मतदातालाई व्यवस्थित गर्न लाइन लाग्ने ठाउँ साथै बर्षातबाट मतपत्र सुरक्षित राख्न पाल लगाउने काम भइरहेको बिर्तामोड नगरपालिकाका निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिए बिर्तामोडको ६४ वटै मतदान केन्द्रमा ७०० जनाभन्दा बढीका दरले मतदाता रहेकाले प्रत्येक निर्वाचन अधिकृतले तीन जना स्वयम् सेवक राख्न पाउने व्यवस्था रहेको उनले बताए

मतदान केन्द्रहरुबाट हिजैदेखि मतदाता परिचय पत्र वितरण भइरहेको यस पटक निर्वाचन आयोगले मतदान केन्द्रबाट नै मतदाता शिक्षा दिने भनेपनि प्रभावकारी भएको छैन बिर्तामोड नगरपालिकाको मत गणनाका लागि पालिकाको सभा हलमा व्यवस्था गरिएको

बिर्तामोडमा २८,५२६ पुरुष, २८,८८१ महिला अन्य मतदाता रहेका छन् बिर्तामोडको १० वटा वडामा ५२ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्

सम्बन्धित समाचार