२०८३ बैशाख १८ गते , शुक्रबार
बिर्तामोडमा फेला परेको बेवारिसे शवको अझै पहिचान खुलेन
बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा फेला परेको बेवारिसे शवको अझै पहिचान खुलेको छैन । शनिबार दिउँसो भारतीय मुलको अन्दाजी ५०-५५ बर्षको पुरुषको शव फेला परेको थियो ।
लामो समयदेखि उक्त स्थानमा मागेर खाने ती ब्यक्ति हिन्दी बोल्ने भएकाले भारतीय भएको हुन सक्ने अनुमान गरिएको छ । शव मेची अस्पताल भद्रपुरमा राखिएको र हालसम्म सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुवरले जानकारी दिए ।