२०८३ बैशाख १८ गते , शुक्रबार

फर्निचरबाट सखुवाको काठ बरामद

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १३ गते , मंगलबार
फर्निचरबाट सखुवाको काठ बरामद

बिर्तामोड । झापाको मेचीनगरस्थित एक फर्निचरबाट सखुवाको काठ बरामद भएको छ । प्रहरीले मेचीनगर-२ स्थित आमडागीमा रहेको एमपी फर्निचरबाट १९४ क्युफिट काठ बरामद गरेको हो ।
गोप्य सुचनाका आधारमा सोमबार २ बजे मेचीनगर-८ का प्रदिप गिरीले संचालन गरेको फर्निचरबाट मे१त२६६७ नम्बरको ट्याक्टरमा लोड गरिराखेको एक ट्याक्टर र अनलोड गरिराखेको अवस्थामा अवैध काठ प्रहरी चौकी बाहुण्डाँगी र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको जिप्रका झापाए जनाएको छ । ट्याक्टर चालक फरार रहेकाले खोजी भैरहेको जिप्रका झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 

सम्बन्धित समाचार