२०८३ बैशाख १८ गते , शुक्रबार

मोटरसाईकल दुर्घटनामा परि झापामा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ९ गते , शुक्रबार
मोटरसाईकल दुर्घटनामा परि झापामा एक जनाको मृत्यु

बिर्तामोड । झापाको बाह्रदशीमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि बाह्रदशी२ का १९ बर्षीय दिपेश विष्टको मृत्यु भएको हो ।

विहिबार राति साँढे ११ बजे बाह्रदशी३ स्थित चारपाने राजगढ सडकखण्डमा प्रदेश२०३१९ प १८६४ नम्बरको  मोटरसाईकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक बिष्टको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै  मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार