२०७९ मंसीर २३ गते , शुक्रबार

अभिनेत्री केकी अधिकारीको विवाह सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ९ गते , शुक्रबार
अभिनेत्री केकी अधिकारीको विवाह सम्पन्न

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विहिबार विवाह गरेकिछिन । उनले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बविहिबार उनीहरुले विवाह गरेका हुन् ।
परिवारका सदस्य र निकट आफन्त तथा साथीहरुको उपस्थितिमा उनीहरुको विवाह कार्यक्रम सम्पन्न भएको हो ।
फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएकोमा मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौं । यहाँहरुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’





सम्बन्धित समाचार