२०८३ बैशाख १८ गते , शुक्रबार

अस्पताल नहुँदा छट्पटाउँदै जनता, एउटै पालिकामा पाँच वटा भ्यू टावर

पहाडको भ्यू टावरबाट अर्को डाँडा र तराईबाट गरिबको झुपडी देखिने भन्दै आलोचना

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ७ गते , बुधबार
अस्पताल नहुँदा छट्पटाउँदै जनता, एउटै पालिकामा पाँच वटा भ्यू टावर

बिर्तामोड । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधारभूत अस्पताल इकाईका अनुसार दुई वर्षअघि देशका ६४९ स्थानीय तहमा आधारभूत अस्पताल समेत थिएन संघीय सरकार स्थानीय सरकारको समन्वयमार्फत गत आर्थिक वर्षमा ३९६ स्थानीय तहमा अस्पताल निर्माणको कामलाई अघि बढाइको थियो तर, सो वर्ष २७८ स्थानीय तहमा मात्रै अस्पताल निर्माण भयो चालु आर्थिक वर्षमा २५९ स्थानीय तहमा अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाइएको थियो । तर, यीमध्ये ६६ वटामा मात्रै काम भइरहेको

देशमा हाल ३११ स्थानीय तहमा आधारभूत अस्पतालको आवश्यकता मन्त्रालयको आधारभूत अस्पताल इकाईका अधिकृत विनोद अर्यालका अनुसार नेपालमा पाँच शय्याको एउटा आधारभूत अस्पताल निर्माणका लागि करोड ११ लाख ९७ हजार ९८० रुपैयाँ लाग्छ देशभर अस्पताल निर्माण नभएका स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल निर्माणका लागि २२ अर्ब १४ करोड २५ लाख ७१ हजार सय रुपैयाँ आवश्यक पर्छ

अझैपनि देशका ३११ स्थानीय तहमा आधारभूत उपचारका लागि आवश्यक अस्पतालको पहुँच छैन संवैधानिक रुपमा पाउनुपर्ने अधिकारबाट वञ्चित नागरिकहरु भएको देशका हरेक कुनामा भने करोडौं लागतमा भ्यू टावरको निर्माण भइरहेको

देशभर हाल कति ठाउँमा भ्यू टावर निर्माण भएका छन् भन्ने यकिन तथ्यांक केन्द्रसँग छैन प्रदेश सरकारदेखि स्थानीय सरकारसम्मले भ्यू टावरको निर्माण गरिरहँदा कुन ठाउँमा भ्यू टावरको निर्माण भइसकेको कति ठाउँमा बनिरहेका छन् भन्ने यकिन तथ्यांक छैन

तर, भ्यू टावर निर्माणमा भइरहेको खर्चले देशमा आवश्यक रहेका अस्पतालको निर्माण भने सजिलै हुने तथ्यांकमा देखिन्छ बागमती प्रदेशमा २०७५/०७६ मा मात्रै भ्यू टावर निर्माणका लागि विनियोजन गरिएको बजेटले २० स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण गर्न सम्भव छ। प्रदेश सरकारले सो आर्थिक वर्षमा १४५ करोड २८ लाख रुपैयाँ भ्यू टावर निर्माणका लागि विनियोजन गरेको थियो। उक्त रकममा बेडसहितका २० वटा आधारभूत अस्पतालहरु बन्न सक्थे।

गाउँपालिकामा जताततै भ्यू टावर, तीनै तहका सरकारबिच भ्यू टावर निर्माणमा प्रतिष्पर्धा

गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिकामा एउटै वडाभित्र वटा भ्यू  टावर रहेका छन्। नम्बर वडा नम्बर वडामा भ्यू टावर निर्माण भइसकेका छन्। घिरिङ गाउँपालिका मा १९ लाख ९८ हजारमा भ्यू टावर निर्माण भएको त्यस्तै, घिरिङकै वडा को चन्द्राकोटमा १५ लाख हजार ८६ मा भ्यू टावर निर्माण भएको छ। हाल पनि गाउँपालिकामा तीन वटा भ्यू टावर निर्माणाधीन छन्

गाउँपालिका स्रोतका अनुसार गाउँपालिकाको वडा नम्बर मा एउटा, मा एउटा मा एउटा भ्यू टावर निर्माणाधीन छ। गाउँपालिकाभित्र एउटै वडा (वडा नम्बर )मा दुई वटा भ्यू टावर रहेका छन्

संघीय सरकारले झापाको दमक नगरपालिका दापगाछीमा बहुवर्षीय आयोजनाको रुपमा भ्यू टावर निर्माणको काम सुरु गरेको थियो एक अर्ब ५६ करोड १४ लाख  ३९ हजार १६४ रुपैयाँ बजेट विनियोजन गरि काम सुरु गरिएको उक्त आयोजना २०७५ असार २३ मा सुरु भएको थियो हाल उक्त आयोजनाको लागत बढेर अर्ब ७५ करोड पुग्ने अनुमान गरिएको

त्यस्तै, पाँचथरको फिदिम नगरपालिका मा करोड लाख ३७ हजार ९६६ रुपैयाँ लागतमा संघीय सरकारले भ्यू टावर निर्माण गरेको छ। रोल्पा नगरपालिका मा सोमबार माओवादी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको भ्यू टावरमा पनि संघीय सरकार नगरपालिकाको अन्तरिक आय समेटिएको थियो। उक्त आयोजना निर्माणका लागि अनुमानित लागत करोड ३५ लाख ४२ हजार ७६५ रुपैयाँ रहेको थियो।

स्थानीय सरकारले पनि भ्यू  टावर निर्माणका लागि कुनै कसर बाँकी राखेका छैनन्। प्रदेश सरकारले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका मा भ्यू टावर निर्माणको काम गरिरहेको छ। ०७६/७७ मा योजनाकै क्रममा रहँदा उक्त निर्माण कार्यका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको थियो। त्यस्तै, पाँचथरको देम्बाडाँडामा निर्माणाधीन रहेको भ्यू  टावरका लागि ०७६/७७ मा ५० लाख रकम विनियोजन गरिएको थियो।

पाँचथरकै फिदिममा पनि भ्यू टावर निर्माणाधीन ओलखढुंगाको चम्पादेवी गाउँपालिका मा ०७६/०७७ मै करोड बजेट विनियोजन गरेर भ्यू टावर निर्माणको काम सुरु गरिएको छ। प्रदेश अन्तर्गतका झापाको बुद्धशान्ति, पाँचथरको मिक्लाजुङ, इलामको माङ्सेबुङ सुनसरीको चिण्डेडाँडामा पनि भ्यू टावर निर्माणका लागि ०७५/७६ मा करोड बजेट विनियोजन गरिएको थियो। त्यसयता हरेक वर्ष प्रदेश सरकारले आफ्नो बजेट वितरण कार्यक्रममा भ्यू टावर निर्माणका लागि बजेट विनियोजन गर्दै आएको

प्रदेश कै मोरङको केराबारी गाउँपालिकामा ७२ लाख रुपैयाँमा भ्यू टावर निर्माणको काम भइरहेको छ। त्यस्तै, धनकुटामा हाल दर्जनभन्दा धेरै भ्यू टावर निर्माण भइरहेका छन्। प्रदेश को साँगुरीगढी नगरपालिकाको ध्वजेडाँडा, भेडेटार ओख्रे, चौबिसे गाउँपालिका, धनकुटा नगरपालिकाको चुलिवन हिले, सहिदभूमि गाउँपालिकाको पातले डाँडालगायतमा पनि भ्यू  टावर निर्माणको काम भइरहेको छ। त्यस्तै, तेह्रथुमको छथर, म्याङलुङ, तीनजुरे आठराईमा पनि भ्यू टावर निर्माणाधीन छन्। प्रदेश को बसन्तपुरमा पनि भ्यू टावर निर्माण भइसकेको

प्रदेश अन्तर्गत २०७५/०७६ मा भ्यू टावर निर्माणका लागि उदयपुरको त्रियुगा नगरपालिका १६१ करोड ५० लाख, धनकुटाको पाख्रीवासको गजेधुम्का डाँडामा करोड, भोजपुरको गोरुकाटे डाँडामा करोड, इलामको तीनथुम्कीमा करोड, ओखलढुंगाको मालिङ्गेमा करोड, उदयपुरको रोतामाई लिमचुङवुङ गाउँपालिकामा करोड, फिदिमको बुढीथाममा करोड, माझ खर्कमा ५० लाख, लेटाङमा करोड भोजपुरको हतुवागढी घोडेटार संखामचुलीमा करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। भोजपुरकै टेम्केडाँडामा २०८२ मा सम्पन्न गर्ने गरि २०७७ मा भ्यू टावर निर्माणको काम सुरु भएको छ। उक्त भ्यू टावर निर्माणका लागि १३ करोड ६२ लाख ८९ हजार रुपैयाँ छुट्याइएको

जनस्वास्थ्यभन्दा महत्वका साथ गाउँगाउँमा भ्यू टावरका लागि बजेट छुट्याइएपछि सरकारको तीब्र आलोचना भएको थियो पहाडको डाँडामा निर्माण गरिएका भ्यू टावरबाट पहाडको अर्को डाँडा देखिने टिप्पणी भएका थिए आफैँ अग्लो भूभाग रहेको पहाडमा भ्यू टावर निर्माण गर्न आवश्यक नरहने कतिपयले सुझाएका थिए यता आर्थिक अभावमा छट्पटाई रहेका गरिबको जग्गा कौडीको भाउमा किनेर करोडौँ कमाउन लागेकाहरुले सरकारसँगको मिलेमतोमा भ्यू टावर निर्माण गरेको भन्दै तीब्र आलोचना हुने गरेको तराईको समथरमा निर्माण भएका भ्यू टावरबाट त्यहि अभावमा छट्पटाई रहेकाहरुको झुपडीमात्र देखिने भन्दै भ्यू टावरको विरोधपनि भएको

सुविधासम्पन्न अस्पतालको समस्या झेलिरहेको झापाको दमकमा निर्माणाधिन १८ तले भ्यू टावरलाई अस्पताल बनाउनु पर्ने माग उठेको नेकपा माओवादी केन्द्रले अस्पतालको अभावमा विरामी अन्यत्र जानुपर्ने बाध्यता रहेको दमकमा निर्माण भइरहेको भ्यू टावरको केहि तलामा अस्पताल केहि तला भ्यू टावरको रुपमा प्रयोग गर्नु पर्ने माग उठाएको हो  

सम्बन्धित समाचार