२०८३ बैशाख १८ गते , शुक्रबार

पल शाह प्रकरण : पिडितको बुवाले पनि बयान फेरे

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ६ गते , मंगलबार
पल शाह प्रकरण : पिडितको बुवाले पनि बयान फेरे

काठमाण्डौ नाबालिगमाथि जबरजस्ती करणी गरेको कसुरमा जाहेरी दिने पीडित नाबालिगका बुवाले पनि अदालतमा बयान फेरेका छन् पिडित बालिकाले बयान फेरेको केहि दिन मै जाहेरवाला उनका बुवालेपनि मंगलबार तनहुँ जिल्ला अदालतमा बयान फेरेका हुन्

तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिनबहादुर कुँवरका अनुसार पीडित बालिकाका बुवाले पनि छोरीमाथि बलात्कार नभएको तर विभिन्न व्यक्ति तथा संस्थाको उक्साहटमा जाहेरी दिएको होस्टाइल बयान दिएका छन् उनले आफूलाई प्रलोभनमा पारेर जाहेरी दिन लगाएको पनि बताएका छन्

यसअघि पीडित नाबालिगले पनि अदालतमा बकपत्र गर्ने क्रममा आफूले विभिन्न व्यक्तिहरुको उक्साहटमा जाहेरी दिएको तर आफूमाथि करणी नभएको बयान दिएकी थिइन् तर जाहेरी दिने क्रममा भने पीडित बालिका जाहेरवालाले विभिन्न मिति समयमा तनहुँ, नवलपुर कास्की जिल्लामा जबरजस्ती करणी भएको उल्लेख गरेका थिए उनीहरुले मिति समयसमेत उल्लेख गरी जबरजस्ती करणीको जाहेरी दिएका थिए

गत फागुन ११ गते जाहेरी परेपछि फागुन १५ गते अभिनेतासमेत रहेका अभियुक्त पल शाहले तनहुँ प्रहरी पुगेर आत्मसमर्पण गरेका थिए त्यसलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले सरकारी वकिलमार्फत् नवलपुर तनहुँ जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो

अदालतमा मुद्दा दायर भएपछि तनहुँ जिल्ला अदालत नवलपुर जिल्ला अदालतले दुवैलेतत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन भन्दै पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो उक्त आदेशपछि शाह हाल तनहुँ कारागारमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका छन्

पीडित भनिएकी नाबालिग जाहेरवाला रहेका पीडितका बुवाले समेत बयान फेरेपछि पल शाहलाई केहि सहज हुने अनुमान गरिएको यद्यपि पीडित पीडित परिवारले होस्टाइल भएर बयान दिँदैमा अन्य प्रमाणबाट बलात्कार पुष्टी हुने आधार देखिएको अवस्थामा भने अदालतले कसुर ठहर गर्न सक्नेछ

सम्बन्धित समाचार